Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


हर्मुज जलमार्गमा तेल ट्यांकर विस्फोट


104
Shares

एजेन्सी । हर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि एक तेल ट्यांकरमा विस्फोट भएको छ।

इरानी समाचार एजेन्सी तस्निमले उक्त ट्यांकर तेहरानले तोकेको समुद्री मार्ग छाेडेर अर्को बाटोबाट गइरहेकाे समयमा बारुदी सुरुङमा ठोक्किएको हो। इरानले यसअघि पनि आफूले तोकेको समुद्री मार्ग भन्दा बाहिर जाने जहाजले त्यसको परिणाम आफैं व्यहोर्नुपर्ने चेतावनी दिँदै आएको थियो।

यस घटनाकाे बारेमा इरानी अधिकारीहरूले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। विस्फोटबाट भएको क्षति वा मानवीय हताहतकाे बारेमा पनि पुष्टि हुन बाँकी रहेकाे एजेन्सीले जनाएकाे हाे।

Skip This