Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


भारतको केन्द्रीय शिक्षामन्त्रीको जिम्मेवारी जोशीले पाए


104
Shares

एजेन्सी। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीले पाउनुभएको छ।

यसअघि शनिबार धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गर्नुभएको थियाे । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको जनाएकाे हाे। जोशीले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ ।

प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर–मन्तरमा काँकराेच जनता पार्टी (सीजेपी) ले आन्दोलन गर्दै आएको थियो । शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपिल गरेको छ । प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका हुन् ।

आन्दोलनको नेतृत्व गरिरहेको सीजेपीका संस्थापक अभिजित दिप्केले आफूहरूको जित भएको प्रतिक्रिया दिनुभयाे।