Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


युक्रेनका प्रधानसेनापति सिरस्की पदमुक्त


13
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका प्रधानसेनापति ओलेक्सान्डर सिरस्कीलाई पदमुक्त गर्नुभएकाे छ।

लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाइएपछि देशैभर शुरु भएको सडक प्रदर्शनको केही दिनमै राष्ट्रपति जेलेन्स्कीले प्रधानसेनापति सिरस्कीलाई पदमुक्त गर्नुभएकाे हाे। ३५ वर्षीय फेदोरोभले रक्षा मन्त्रालयमा नयाँ ऊर्जा भर्ने, सशस्त्र बलमा रूपान्तरण ल्याउने तथा भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्व गर्ने कामका कारण व्यापक प्रशंसा पाउनुभएकाे थियाे ।

अर्कोतर्फ, ६० वर्षीय सिरस्कीलाई भने युक्रेनी सेनाभित्र आमूल परिवर्तन गर्न इच्छुक नरहेका सोभियत शैलीका कमान्डरका रूपमा हेरिँदै आएको थियो। उहाँको स्थानमा ४३ वर्षीय मिखाइलो ड्रापातीलाई नियुक्त गरिएको छ । उहाँ युद्ध कौशलमा अनुभवी जनरलका रूपमा परिचित रहेकाे जनाइएकाे छ।