Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


विश्वकप फुटबलको फाइनल खेलपछि मैदानमा देखिएको अप्रिय घटनालाई लिएर अर्जेन्टिनामाथि फिफाको छानविन

अर्जेन्टिनी फुटबल संघ र खेलाडीहरु कारबाहीमा पर्नसक्ने

26
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबलकाे फाइनल खेल साेमबार सम्पन्न भएसँगै मैदानमा देखिएको अप्रिय घटनालाई लिएर फिफाले अर्जेन्टिनामाथि छानविन शुरु गरेको छ ।

स्पेनसँग १–० गाेलले पराजित भएपछि अर्जेन्टिनाका खेलाडी र प्रशिक्षकहरुको समूह स्पेनिस खेलाडीहरूसँग धक्का-मुक्कामा उत्रिएका थिए । अर्जेन्टिनाका नाहुएल मोलिनाले स्पेनका रोड्रीलाई हिर्काएपछि शुरु भएको विवादमा लियान्द्रो पारेदेस, थियागो अल्मादा र सहायक प्रशिक्षक रोबर्टो आयाला समेत संलग्न थिए । फिफाको अनुशासन समितिले यस घटनाको सुक्ष्म अनुसन्धानका लागि अभियोजक नियुक्त गरिसकेको छ ।

दोषी भेटिएमा खेलाडीहरूलाई विश्वव्यापी प्रतिबन्ध र अर्जेन्टिनी फुटबल संघलाई ठूलो जरिवाना हुनसक्ने भएकाे हाे। यसअघि सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि फकल्यान्ड टापुको समर्थनमा ब्यानर देखाएको भन्दै फिफाले अर्जेन्टिनामाथि पहिले नै अर्को कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।