Logo ४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026


सत्ता सहकार्यमा बहस (भिडियाे रिपोर्ट)


104
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएका प्रदेशमा गठबन्धन भत्किएपछि दलहरुबीच नयाँ सत्ता समीकरणबारे बहस सुरु भएको छ ।

यतिबेला प्रदेशको सत्ता सहकार्यका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्णायक शक्तिका रुपमा देखिएको छ । नेकपाले सत्ता सहकार्यमा कांग्रेस र एमालेमध्ये जसलाई रोज्छ, सोही अनुसार प्रदेश सरकारको मार्गचित्र तय हुने देखिन्छ ।

प्रदेशमा नयाँ समीकरण निर्माणका लागि प्रमुख राजनीतिक दलहरूले आन्तरिक छलफलसँगै एकअर्कासँग निरन्तर वार्ता गरिरहेका छन् । सत्ता गठनको अंकगणितमा निर्णायक हैसियतमा रहेको नेकपाले दुवै प्रमुख दल कांग्रेस र एमालेसँग समानान्तर रूपमा संवाद अघि बढाएको छ ।

यसले प्रदेश सरकारको आगामी स्वरूप निर्धारणमा नेकपाको भूमिकालाई अझ महत्वपूर्ण बनाएको छ । उता, कांग्रेसले पनि प्रदेश सरकारको स्थायित्व र नेतृत्व सुनिश्चित गर्ने उद्देश्यले एमाले र नेकपासँग छुट्टाछुट्टै संवादलाई निरन्तरता दिएको छ ।

कांग्रेस नेतृत्वले प्रदेशगत अवस्था र दलगत शक्ति सन्तुलनका आधारमा लचकता अपनाउने संकेत गरेको छ भने एमालेले पनि सत्ता जोगाउने वा नयाँ सहकार्य निर्माण गर्ने विकल्पमा छलफल जारी राखेको छ ।