Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


चलचित्र ‘गौंथली’ आजदेखि आयाे प्रदर्शनमा


13
Shares

काठमाडौं । चलचित्र ‘गौँथली’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको हो । यो चलचित्रमा अटिजम भएको व्यक्तिको भूमिका अरुणले निर्वाह गरेका छन् । बुहारीको भूमिकामा सिम्रन रहेकी हुन् ।

कपिल रिजालले यो चलचित्र निर्देशन गरेका छन् । चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा र सन्जोग रसाइली लगायतको अभिनय रहेको रहेकाे हाे ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।