Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


चलचित्र ‘आकाश वर्षा’ को पोस्टर सार्वजनिक


0
Shares

काठमाडौं । निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् ।

जनकले टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्रलाई सुदीप भजुले निर्देशन गर्ने भएका छन् । चलचित्रको कलाकार र प्राविधिक केही पनि जानकारी गराइएको छैन । लभस्टोरी जानराको सिनेमाको कथाको परिकल्पनाकार निर्माता जनक स्वयं हुन् । चलचित्रका लेखक भने अमीर मगर रहेका छन् ।

यसैबीच, निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रातो घेरा: द रेड सर्कल’को छायांकन भक्तपुरबाट शुरु भएको हाे । भक्तपुरका विभिन्न ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक लोकेसनमा चलचित्र खिचिनेछ ।

चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा रहेका हुन् । उनीहरूसँगै सुनील पोखरेल, भोलाराज सापकोटा, माओत्से गुरुङ र कविता आले लगायतको अभिनय रहेकाे छ । चलचित्रको कथा तथा पटकथा राजु स्याङताङले तयार गरेका हुन् । शिशिर बिसंखे छायाकार रहेका छन् ।

साेही चलचित्र २०८३ मंसिर १८ गतेदेखि प्रदर्शन हुने भएकाे हाे ।