Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पोखरामा प्याराग्लाइडिङ पाइलटहरुको मापसे चेक


182
Shares

काठमाडौं । पोखराको प्रमुख पर्यटकीय आकर्षणको रूपमा रहेको प्याराग्लाइडिङलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ ।

प्याराग्लाइडिङमा हुनसक्ने जोखिम न्युनिकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ तथा लागू पदार्थ सेवन सम्बन्धी विशेष जाँच शुरु गरेको हो ।

सडकमा सवारी चालकहरूको नियमित जाँच गरिएझैँ सराङकोटस्थित तोरीपानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटहरूको आकस्मिक परीक्षण गरेको हो । प्याराग्लाइडिङ पाइलटहरूले नशालु पदार्थ सेवन गरी उडान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले यस्तो सक्रियता बढाएको हो ।

डिएसपी नमराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारीसहितको टोलीले तोरीपानीमा पुगेर ३५ जना पाइलटको स्वास्थ्य परीक्षण गरेको थियो । सुरक्षित शाहसिक गन्तव्यस्थल बनाउन चेकजाँच शुरु गरिएको डीएसपी भट्टराइले बताउनुभयो । कास्की प्रहरी डीएसपी नमराज भट्टराइले सरोकारवालाहरूले साहसिक खेललाई व्यवस्थित र मर्यादित बनाउन यस्ता छड्के जाँचहरू नियमित रूपमा गरिनुपर्ने बताएका छन् ।