Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


गणेश नेपाली निधनपछि माईतीघर मण्डलामा नारा: बालेन सरकारको हातमा रगत छ ! (तस्बिरसहित)


0
Shares

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै माईतीघर मण्डला यतिबेला तनावग्रस्त बनेको छ ।

महानगर प्रहरीले बिहीबार जरिवाना तिराएपछि असन्तुष्ट बनेका नेपालीले आफ्नै शरीरमा आगो लगाएका थिए । नेपालीको निधनपछि सोही घटनाको विरोधमा शुक्रवार माईतीघर मण्डलामा आम नागरिकहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारविरुद्ध नाराजुलुस गरिरहेका छन् ।

प्रदर्शनरतहरुले बालेन्द्र सरकारको हातमा रगत छ, ट्राफिक आतंक बन्द गर, गरिब मारा आतंक बन्द गर, आत्मदाहको श्रृष्टिकर्ता दलाल पुँजीवाद व्यवस्था, फासीवाद सरकार मुर्दावाद, गणेश नेपालीको हत्यारा बालेन सरकार हो, पीडित परिवारलाई क्षतिपूर्ति दे लगायतका नाम लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।