Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


‘सरकार ढुंगा जस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएन’: सांसद रम्तेल

गणेशी नेपालीको मृत्यको खबरले सिँगो देशलाई स्तब्ध बनाएको उल्लेख

13
Shares

काठमाडाैं। श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले ढुंगा जस्तै मौन भएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकारले जनप्रतिनिधिहरुको आवाज सुन्नुपर्ने संवैधानिक दायित्व समेत पूरा नगरेको आरोप समेत लगाउनुभएकाे हाे। सांसद रम्तेलले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्ने आफूहरुको माग समेत अझै सुनुवाई हुन नसकेको गुनासो समेत गर्नुभएकाे छ।

सांसद रम्तेलले गणेशी नेपालीको मृत्यको खबरले सिँगो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।