Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कांग्रेस प्रमुख सचेतक थापाको प्रधानमन्त्री शाहलाई प्रश्नः ‘गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ?’

नागरिकको सुरक्षाको विषयमा सरकारले ठोस कदम चाल्न नसकेको तर्क

13
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठकमा बोल्दै उहाँले एक जना युवाले पेट्रोल छर्केर आत्मादाह गर्दा पनि किन मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहलाई प्रश्न पनि गर्नुभएकाे हाे। प्रमुख सचेतक थापाले सरकारको आतंकका कारण नेपालीले आफनो शरीरमा आगो लगाउँदा पनि उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था नगरेर सरकारले अपराधिको जस्तो व्यवहार गरेको आरोप समेत लगाउनुभयो ।

एउटा नागरिकले आफनो शरीरमा आफैँले आगो लगाउनुपर्ने हृदयविदारक घटना घट्दा पनि सरकार गम्भिर नभएको प्रमुख सचेतक थापाले गुनासो गर्नुभएकाे छ। प्रमुख सचेतक थापाले नागरिकको सुरक्षाको विषयमा सरकारले कुनैपनि ठोस कदम चाल्न नसकेको जिकिर समेत गर्नुभयो ।