Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ


0
Shares

काठमाडौं । देशका विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष उनीहरूले शुक्रबार शपथ लिएका हुन्। शपथ लिने उपकुलपतिहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मानसिंह प्रधान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङ्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजयकुमार मिश्र रहेका छन्।

नेपाल सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको हो।