Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सुकुम्बासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग कांग्रेसकाे माग

सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्नेमा जाेड

0
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएकाे छ।

प्रतिनिधिसभाकाे बिहीबार बसेकाे बैठकको शुरुमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । सांसद कामीले सरकारले सुकुम्बासीहरूको समस्या समाधानका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभएकाे छ। सरकारले सुकुम्बासीहरूको समस्या नगद बाँडेर अस्थायी रूपमा समाधान गर्न खोज्न नहुने र उनीहरूलाई सुरक्षित आवाससहितको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयाे ।

उहाँले लगतबाट छुटेका वास्तविक सुकुम्बासीको निष्पक्ष पहिचान गरी उनीहरूलाई पनि सम्मानसहित राहतको व्यवस्था गर्न माग गर्नुभएकाे छ। बैठकमा बोल्ने क्रममा सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयाे । सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।