काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ।
बुधबार तोलामा ९ सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला दुई हजार चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदि बुधबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बिहीबार चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला एक सय ६० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्