Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नक्कली भुटानी शरणार्थी प्रकरण: काठमाडौं जिल्ला अदालतबाट ७ जनाले पाए सफाई, अन्य २४ जना दोषी ठहर (नामावलीसहित)

सजाय निर्धारणका लागि अलग्गै पेश गर्न अदालतकाे आदेश

130
Shares

काठमाडाैं । काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये ७ जना बाहेक अन्य २४ जनालाई भने दोषी ठहर गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको हो । तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालतले मंगलबार कसुर ठहर गरेको हो । इजलासले सजाय निर्धारणका लागि भने अलग्गै पेश गर्न आदेश समेत दिएको छ ।

नेकपा एमाले नेता एवं पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, विचौलिया बेचन झा र तत्कालिन गृहमन्त्रीका स्वकीय सचिवसहित करिब ३ दर्जन प्रतिवादी रहेको यस मुद्दाको सुनुवाई लामो समयदेखि रोकिएकोमा गत जेठ २७ देखि निरन्तर सुनुवाई अघि बढेको थियो ।

विचौलिया गिरोहसँग मिलेर संगठित रुपमा नक्कली कागजात तयार गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप लागेका एमाले नेता रायमाझी २०८० साल वैशाख ३१ गतेदेखि कारागारमा रहेका छन् । कांग्रेस नेता खाँण भने ३० लाख धरौटीमा रिहा भएका थिए । एमाले नेता रायमाझीका छोरा सन्दीप रायमाझी, रामशरण केसी, टंक कुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीले भने सफाइ पाएका हुन् ।

उनीहरूविरुद्ध लगाइएको अभियोगमा पर्याप्त तथ्यगत आधार नदेखिएको फैसलामा उल्लेख गरिएकाे छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाई पाएका र दोषी ठहर भएकाहरुको नामावलीसहित तल उल्लेख गरिएकाे छः

नामफैसलाकुन कसुर ?
बालकृष्ण खाँणदोषी ठहर
टोपबहादुर रायमाझीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
सन्दिप रायमाझी
टेकनारायण पाण्डेदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनाथ रिजालदोषी ठहरठगी, संगठित अपराध
सानु भण्डारीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
केशव दुलालदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टंककुमार गुरुङसफाइसबै आरोपबाट सफाइ
सन्दिप रायमाझीसफाइसबै आरोपबाट सफाइ
रामशरण केसीसफाइसबै आरोपबाट सफाइ
सन्देश शर्मादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
गोविन्द चौधरीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
आशिष बुढाथोकीसफाइसबै आरोपबाट सफाइ
सागर राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
शम्सेर मियाँदोषी ठहरठगी,
आङटावा शेर्पादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
डा. इन्द्रजीत राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
नरेन्द्र केसीदोषी ठहरठगी
केशव तुलाधर
हरिभक्त महर्जनदोषी ठहरठगी
लक्ष्मी महर्जनसफाइसबै आरोपबाट सफाइ
मोहनराज राई
निरञ्जन कुमार खरेलदोषी ठहरठगी
केशव तुलाधरसफाइसबै आरोपबाट सफाइ
राजेश अर्याल
बिनिता लिम्बु
सुनिल बुढाथोकी
दिपा हुमागाँई
निरज राई
अशोक पोखरेल
धिरेन राई
प्रतिक थापासफाइसबै आरोपबाट सफाइ
बेचन झा