काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।
आइतबार तोलामा चार सय रूपैयाँले घटेको सुनको मूल्य साेमबार प्रतितोला ९ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।
आइतबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आइतबार प्रतितोला चार हजार ६ सय पाँच रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी साेमबार भनेतोलामा चार हजार पाँच सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला २० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार एक सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्