Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


१८ सय १३ जना सवारीचालक ट्राफिक प्रहरीकाे कारबाहीमा

राज्यकोषमा ५ लाख २८ हजार ५ सय १ रूपैयाँ राजस्व संकलन

0
Shares

काठमाडौं । गत २४ घण्टामा एक हजार ८ सय १३ जना सवारीचालक सवारी नियम उल्लंकन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा पाँच लाख २८ हजार ५ सय १ रूपैयाँ राजस्व संकलन भएको जनाउबाे हाे । मादकपदार्थ सेवन गरेका ९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ५, संकेत बत्ती उल्लङ्घनकर्ता १ सय १९ र तीव्र गतिमा सवारीसाधन चलाएकाे आराेपमा १ सय १५ जनालाई कारबाही गरिएको प्रहरीले जनाएकाे छ।

त्यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १ सय २, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा पार्किङ’ गर्ने १ सय १७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका १ हजार १ सय १० जनालाई कारबाही गरिएको हो ।