काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषदको बैठक शुक्रबार साँझ आह्वान गर्नुभएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार साँझ ५ बजे बस्ने भएकाे हाे । बैठकले प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको नियुक्तिका लागि सिफारिस गर्ने तयारी रहेको छ । शाह प्रधानमन्त्री नियुक्त भएपछि बस्न लागेको यो दोस्रो बैठक हो । यसअघि गत वैशाख २४ गते बसेको पहिलो बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो ।
हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगको सदस्य एक र मुस्लिम आयोगका अध्यक्षसहित दुई पद रिक्त रहेका हुन् । त्यस्तै, राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद, थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त रहेका छन् ।
राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन र महिला आयोगमा एक सदस्य पद खाली रहेकाे हाे । साेही पदहरुमा संवैधानिक परिषद्ले नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने संवैधानिक प्रावधान रहेकाे छ ।









प्रतिक्रिया दिनुहोस्