काठमाडौं । गत २४ घण्टामा दुई हजार १ सय ५७ सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा २१ लाख ४० हजार ५ सय ४६ रूपैयाँ राजस्व दाखिला भएको जनाएकाे हाे । मादकपदार्थ सेवन गरेको ८२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय १, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ५ र तीव्रगतिमा सवारीसाधन चलाएकाे आराेपमा १ सय १७ जनालाई कारबाही गरिएको छ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ७७, निषेधित क्षेत्रमा हर्न बजाउने ६१, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने २२, एकतर्फी सडकमा सवारीसाधन चलाउने ५४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५ सय ३८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएकाे हो ।









प्रतिक्रिया दिनुहोस्