एजेन्सी। इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कतारको दोहामा इरानसँग वार्ता हुने गरेको दावी खारेज गरेको छ ।
मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि गरेको दावी खारेज गर्नुभएकाे हाे । बीबीसीले प्रवक्ता इस्माइलले इरान अमेरिकासँग कुनै पनि स्तरमा वार्ता नगर्ने बताएकाे जनाएकाे छ। अमेरिकी प्रतिनिधिहरूको कतार यात्रासँग इरानी प्रतिनिधि मण्डलको यात्राको कुनै सम्बन्ध नरहेको पनि प्रवक्ता इस्माइलले जिकिर गर्नुभयाे ।
इरानका उपविदेशमन्त्री र प्राविधिक वार्ता टोलीका प्रमुख काजेम गरिबाबादीले पनि यो साता वार्ताको केही योजना नरहेको बताउनुभएकाे छ। यसअघि राष्ट्रपति ट्रम्पले इरानको अनुरोधमा मंगलबार अमेरिका र इरानी प्रतिनिधिहरू बीच दोहामा छलफल हुने दावी गर्नुभएकाे थियाे।
व्हाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेविटले छलफलमा राष्ट्रपति ट्रम्पका प्रतिनिधि स्टीभ विटकफ र जेरेड कुशनर सहभागी हुने बताउनुभएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्