Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


शेयर बजारमा ओरालो यात्रा जारी


52
Shares

कामाडौं ।
साताको सुरुको दिन पनिशेयर बजारमा ओरालो यात्रा जारीमा ओरालो यात्रा जारी रह्यो । गएको साताभर ओरालो लागेको बजार अन्तिम दिन शुक्रबार सामान्य अंकले ऋणात्मक रहेसंगै ओरालोयात्रामा ब्रेक लाग्ने अपेक्षा गरिएको थियो ।

यसका विपरित बजार दोहोरो अंकले ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले ओरालो लागेर २६ सय ३२ मा आएर थामियो । कारोबार थप खुम्चिएर अढाई अर्ब हाराहारीमा सीमित रह्यो । सबै समूह राताम्मे रहँदा निर्जीबन बीमा समूह सबैभन्दा उच्च झण्डै डेढ प्रतिशतले ओरालो लाग्यो । वित्त, होटल र उत्पादनमूलक समूह पनि १ प्रतिशत माथिले झरे । बाँकी पनि अधिकांश समुह दोहोरो अंकले ओरालो लागे ।

युसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ५१ स्टकको ७७ लाख कित्ता बराबर शेयर २ अर्ब ६७ करोडमा किनबेच भयो । यसमध्ये २ सय ४० कम्पनीको मूल्य घट्दा जम्मा २९ को बढ्यो । घटेको बजारमा पनि टक्सार पिकुवा खोला, याम्बलिङ हाइड्रो, स्नो रिभर्स र धौलागिरी लघुवित्तका शेयर धनीले १५ प्रतिशत कमाए । यसदिन ग्लोबल आईएमई बैंकको सबैभन्दा उच्च ९ करोड बराबरको शेयर किनबेच भयो ।