Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


अमेरिका र इरानबीच एक-अर्कामाथि भएकाे सैन्य आक्रमण रोक्ने सहमति

हर्मुज जलमार्ग विवाद समाधान गर्न भाेलि कतारमा प्राविधिक वार्ता गर्ने तयारी

13
Shares

एजेन्सी । अमेरिका र इरानले केही दिनयता एक-अर्कामाथि गरिएकाे सैन्य आक्रमण तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन् ।

रोयटर्सले दुवै देशले हर्मुज जलमार्ग विवाद समाधान गर्न यहि असार १६ गते मंगलबार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेकाे जनाएकाे हाे । वार्ताको अवधिभर दुवै पक्षले सैन्य कारबाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवतजावत गर्न दिने समझदारी बनेको छ । यद्यपि वाशिङ्टन र तेहरानले यसकाे बारेमा औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षा पूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताउनुभएको छ । पछिल्ला केही दिनयता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरानबीच तनाव बढेको थियो । अमेरिकाले इरानका केही तटीय क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा अमेरिकी सैन्य इलाकालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन समेत प्रहार गरेको हाे ।

दोहामा हुने वार्ताले हर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजको आवागमन तथा अमेरिका–इरानबीचको पछिल्लो तनावलाई कूटनीतिक रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ ।