Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था गर्न सरकारसँग राप्रपाकाे माग

सरकारले जनताकोहित विपरितका गतिविधि गरेको आरोप

0
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीेले सडकका कारण सवारी दुर्घटना भएमा ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । सरकारले ट्राफिक नियम उलंघन गर्ने नागरिकलाई एक लाखसम्म जरिवाना असुल गर्ने लगायतका व्यवस्था गर्न लागेको चर्चा भईरहेकाे छ। साेही समयमा नेता शाहीले सडकमा खाल्डो भएर सवारी दुर्घटना भएमा सम्बन्धित सरकारी निकाय र ठेकेदारलाई ज्यानमाराको अभियोग लगाउने गरी सरकारले कानूनी व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

सरकारले जनतालाई दण्ड दिने गरी कुनैपनि खालको गतिविधि गर्न नपाईने पनि नेता शाहीले स्पष्ट पार्नुभएकाे छ । नेता शाहीले ट्राफिक नियम उलंघन गर्दा नागरिकले एक लाख जरिवाना तिनुपर्ने व्यवस्था हुने हो भने राज्यले बाटोमा खाल्डो मात्रै भेटियो भने राज्यले एक लाख जरिवाना तिर्ने उहाँले बताउनुभयाे ।

नेता शाहीले यदि ट्राफिक बत्ति बिग्रिएको पाइयो भने अर्को एक लाख तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा ५० हजार, राति सडकमा बत्ति बिग्रिएमा ५० हजार तिर्न र ट्रायल पास भएको एक हप्ता भित्र लाईसेन्स नदिए ५० हजार तिर्ने व्यवस्था गर्नुपर्ने प्रश्ताव समेत राख्नुभएकाे छ ।

नेता शाहीले सरकारले जनताकोहित विपरितका गतिविधि गरेको आरोप समेत लगाउनुभयो ।