काठमाडाैं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट सार्वजनिक गरेकाे छ।
महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बुधबार नगरसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएकाे हाे । बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटलाई मितव्ययी, पारदर्शी र औचित्यपूर्ण रुपमा खर्च हुने गरी चालु खर्चको व्यवस्था गरिएको पनि उपप्रमुख बज्राचार्यले स्पष्ट पार्नुभयो ।
चालु खर्च कर्मचारीको तलब लगायतमा वृद्धि भएका कारण बढन सक्ने महानगरको प्रक्षेपण छ । त्यसैगरी पूँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार बजेट विनियोजन गरिएको हाे। जुन चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले कमी रहेको पनि उपप्रमुख बज्राचार्यले बताउनुभयो । वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्रको कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ ।
बजेट कार्यान्वयनका लागि मासिक रुपमा सम्बन्धित निकायसँग रिर्पोटिङले व्यवस्था गरिएको पनि उपप्रमुख बज्राचार्यले बताउनुभयो । त्यसैगरी बजेटमा निर्माणाधिन आयोजनाका लागि बजेटको सुनिश्चितता पनि गरिएको महानगरले जनाएको हाे ।









प्रतिक्रिया दिनुहोस्