काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले केहीबेरअघि सार्वजनिक गरेको सूचीमा ३८४ जनाको नाम समावेश गरिएको छ । रास्वपाको संशोधित विधानअनुसार केन्द्रीय समितिमा कुल १५८ सदस्य रहने व्यवस्था छ । तीमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनयन गर्ने प्रावधान रहेको छ ।
त्यस्तै, सातवटै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहने व्यवस्था गरिएको छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनअन्तर्गत आज बिहान ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य केन्द्रीय सदस्य पदका लागि निर्वाचन प्रक्रिया भने जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्