काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घण्टामा २ हजार ७६ जना सवारीचालक सवारी नियम उल्लंघन गरेको आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसबाट राज्यकोषमा १० लाख ५३ हजार ५ सय १० राजस्व दाखिला भएको जनाएको हाे। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ८८ जना, नियम विपरीत ‘राइड सेयरिङ’ ९३, सङ्केत बत्ती उल्लङ्घन कर्ता १ सय १७ र तीव्र गतिमा सवारी साधन चलाएकाे आराेपमा २ सय २८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएकाे छ ।
‘लेन’ अनुशासन पालना नगर्ने १ सय २९, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९०, एकतर्फी कायम गरिएको सडक उल्लङ्घन गर्ने ८८ र अन्य सवारी नियम पालना गर्ने एक हजार १ सय ८६ सवारी चालक रहेकाे प्रहरीले बताएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्