Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


फिफा विश्वकपमा केब भर्डे र उरुग्वेबीचको खेल पनि बराबरीमा


13
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा केब भर्डे र उरुग्वेबीचको खेल २–२ को बराबरीमा सकिएको छ ।

मियामी स्टेडियममा साेमबार बिहान भएकाे खेलमा दुवै टोलीले दुई-दुई गोल गरेका हुन् । उरुग्वेले खेलको सुरुवातमै अग्रता लिएको थियो । केभिन पिनाले २१औँ मिनेटमा गोल गर्दै केप भर्डेलाई अघि बढाए पनि उरुग्वेले पहिलो हाफभित्रै खेल उल्ट्यायो ।

म्यानुएल अराउहोले ४४औँ मिनेटमा बराबरी गोल गरेका थिए । दोस्रो हाफमा केप भर्डेले आक्रामक खेल प्रदर्शन गर्दै ६१औँ मिनेटमा हेलियो भेरेलाको गोलमार्फत खेललाई पुनः बराबरीमा ल्याएकाे हाे ।