Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


प्रधानमन्त्री शाहको अभिव्यक्ति र सभामुख अर्यालको भूमिकाप्रति कांग्रेसकाे आपत्ति

वर्तमान संसदीय अभ्यास हास्यास्पद बन्दै गएको टिप्पणी

0
Shares

काठमाडाैं । नेपाली काग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र सभामुख डीपी अर्यालको भूमिकालाई लिएर प्रतिनिधिसभामा कडा आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाउनुभएको हो । सभामुख अर्यालको निष्पक्षतामाथि प्रश्न उठाउँदै उहाँले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाउनुभयो । सदनको अभिभावकका रूपमा सबैलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भूमिका संकुचित देखिएको उहाँको तर्क छ ।..

प्रधानमन्त्री शाहले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै यादवले जसका कारण अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा आँच पुर्‍याएको बताउनुभयो । उहाँले राष्ट्रियताको यस्तो गम्भीर विषयमा प्रधानमन्त्री शाहको भनाइलाई सत्तारुढ दलका सांसदहरूले ताली बजाएर समर्थन गरेकोमा समेत आश्चर्य र खेद प्रकट गर्नुभमाे छ। संसद ३ करोड नेपालीको आशा, विश्वास र पूर्खाको बलिदानीपूर्ण सङ्घर्षको प्रतिक भएको स्मरण गराउनुभयाे ।

सांसद यादवले यसलाई कमजोर बनाउने काम कसैबाट हुन नहुनेमा जोड दिनुभएकाे छ। सदनमा प्रतिपक्षले उठाएका आवाजहरूलाई बेवास्ता गरिएको भन्दै उहाँले वर्तमान संसदीय अभ्यास हास्यास्पद बन्दै गएको टिप्पणी समेत गर्नुभयो ।