Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नेपाली बजारमा आज पनि सुनको मूल्य बढ्याे


52
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ।

सोमबार तोलामा पाँच हजार रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। चाँदी सोमबार प्रतितोला पाँच हजार १५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार तोलामा चार हजार ९ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला २५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार तीन सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।