Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने (विज्ञप्तिसहित)


13
Shares

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले नेपालमा यस वर्षको मनसुन भित्रिन अझै केही दिन लाग्ने भएकाे जनाएकाे छ।

विभागले साेमबार राति एक विज्ञप्ति जारी गर्दै नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसुन प्रणाली नभित्रिएको जानकारी गराएकाे हाे। भूउपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन भित्रिन अझै केही दिन लाग्ने विभागकाे ठहर छ।

हाल प्रशान्त महासागरमा ‘एल निनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेकोले यसको सिधा प्रभाव दक्षिण एशियासहित नेपालको मनसुनी प्रणालीमा पर्ने देखिएको छ । एल निनो सक्रिय हुँदा नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुन समेत कमजोर हुन सक्ने सम्भावना रहेको विभगका प्रवक्ता विभूति पोखरेलले बताउनुभयाे ।