Logo १९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026


प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म संसद बैठक चल्न दिँदैनौ : कांग्रेस


156
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता वा माफी नआएसम्म संसद बैठक अघि बढ्न नदिने चेतावनी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेसका संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएकाले स्वीकार्य हुन नसक्ने बताए ।

उनका अनुसार प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने वा सदनमै आएर माफी माग्नुपर्ने अनिवार्य शर्त हो ।

‘प्रधानमन्त्रीले १७ गते संसदमा दिएको स्टेटमेन्ट या त फिर्ता लिनुपर्छ, या त माफी माग्नुपर्छ,’ उपनेता शाहले भने, ‘नत्र हामी यो संवेदनशील विषयमा माफी नआएसम्म संसद चल्न दिँदैनौँ ।’ उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेसले कडा रूपमा प्रतिवाद गर्ने पनि स्पष्ट पारे ।