काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन् ।
आइतबार संघीय संसद भवन, सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । सचेतक राईले सार्वभौम संसदमा प्रधानमन्त्री साहले बिना तथ्य कुरा गर्नु अशोभनीय भएको पनि बताए ।
उनले प्रधानमन्त्रीको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि सुझबुझपूर्ण अभिव्यक्ति नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्नेकुरा कि त तथ्यसम्मत ढंगले भन्न सक्नु प¥यो ।
यो, यो ठाउँ भनेर भन्न सक्नु पर्यो । तर प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरू भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौँ भनेर एक खालको तथ्यहीन कुरा गर्नुभयो । आपत्ति छ । मानव अधिकार आयोगबारे पनि प्रधानमन्त्रीको टिप्पणी सुझबुझपूर्ण छैन’ सचेतक राईले भने ।
सचेतक राईले प्रधानमन्त्री साहले संसदमा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसकेको जिकिर पनि गरे ।










प्रतिक्रिया दिनुहोस्