Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँगै भारत पनि सेमिफाइनलमा प्रवेश


13
Shares

काठमाडाैं। साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ बाट साविक विजेता बंगलादेशसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेकाे छ।

बिहीबार सम्पन्न खेलमा बंगलादेशले मालदिभ्सलाई ४–२ गाेलले पराजित गर्दै लगातार दोस्रो जीतसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । याेसँगै मालदिभ्स लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । समूह ‘ए’ मा नेपाल, भुटान र श्रीलङ्का प्रतिस्पर्धामा रहेका छन् ।

पहिलो खेलमा नेपालसँग १–० गाेलले पराजित भएको भुटानले दोस्रो खेलमा श्रीलङ्कालाई ४–० गाेलले पराजित गर्दै सेमिफाइनलको सम्भावना कायम राखेको हाे । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने भएकाे छ।

खेल नेपालले बराबरी गरे पनि नेपाल सेमिफाइनलमा पुग्नेछ भने जीतेमा समूह विजेता बन्ने भएकाे हाे ।