Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


काभ्रेको होल्डिङ सेन्टरमा सुकुम्बासीको अवस्था (भिडियाे रिपोर्ट)


0
Shares

विकास तिमल्सिना, काभ्रे ।
राजधानीका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासी परिवार यतिबेला काभ्रेपलाञ्चोकको बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा कष्टपूर्ण जीवन बिताइरहेका छन् ।

६० जनाको क्षमता रहेको यो केन्द्रमा दोब्बरभन्दा बढी मानिस राखिँदा बसाइ अस्तव्यस्त बनेको हो । पटक–पटक बस्ने ठाउँ सारिँदा बालबालिका, सुत्केरी, अशक्त र ज्येष्ठ नागरिक सबैभन्दा बढी मारमा परेका छन् ।

विद्यालय जाने उमेरका बालबालिका शिक्षाबाट बञ्चित भएर होल्डिङ सेन्टरमै दिन काट्न बाध्य छन् भने होल्डिङ सेन्टरमा भोक, अपमान र असुरक्षा भोग्नुपरेको उनीहरुको गुनासाे छ ।