Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा


338
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उक्त आदेश दिएको हो।

अदालतको आदेशपछि प्रसाईं जिल्ला प्रहरी कार्यालय पर्साबाट रिहा भएका छन्। उनीविरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो।

यसअघि सर्वोच्च अदालतले थपिएको म्यादभित्रै मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न आदेश दिएको थियो। प्रसाईंलाई जेठ ४ गते वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो।