Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


ईपीएसमार्फत कोरिया जान नपाएका युवाको प्रदर्शन


598
Shares

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

भाषा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

भाषा तथा सीप परीक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् ।

उनीहरूले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकोहरूको फाइल पुनः रोजगारदातासम्म पुर्‍याउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘सबै कुरामा सक्षम भएर पनि कोरिया नलाने सिस्टम खारेज गर’, ‘हामीलाई आश्वासन होइन नजिता दे’, ‘भ्रष्टाचारीलाई संरक्षण गर्ने श्रममन्त्री राजीनामा दे’, ‘रास्वपा सरकार पीडितलाई न्याय देऊ’ लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।