काठमाडौँ । धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौँदेखि पोखराका लागि छुटेको ग १ ख २७९६ नम्बरको माइक्रोबस आइतबार साँझ धादिङको कृष्णभिरमा दुर्घटना भएको हो ।
ब्रेक नलागेर माइक्रोबस दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।
सामान्य घाइते भएका ६ जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। ब्रेक नलागेपछि माइक्रोबस भित्तामा ठोकिएको थियो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










प्रतिक्रिया दिनुहोस्