Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


बेलायती आरोही केन्टन कूलले २०औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे


91
Shares

काठमाडौं । चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर गरमाथा २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको आफ्नै कीर्तिमानलाई अझ मजबुत बनाएका छन् ।

हिमालयन गाइड्सका प्रबन्ध निर्देशक इश्वरी पौडेलका अनुसार दक्षिण–पश्चिम इङल्यान्डको ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । उनी भोलि आइतबार काठमाडौ आउने कार्यक्रम रहेको छ ।

उनसँगै अनुभवी शेर्पा आरोही दोर्जी ग्याल्जेन ले पनि २४औँ पटक सगरमाथा आरोहण गरेका छन् । यससँगै दोर्जी ग्याल्जेनले पनि नेपाली पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि थपेका छन् । कूलले सन् २००४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता उनी हिमाल आरोहण क्षेत्रमा सबैभन्दा सफल विदेशी पर्वतारोहीमध्ये एक मानिन्छन् ।

यसअघि सन् २०१३ मा उनले माउन्ट नुप्से,सगरमाथा र माउन्ट लोप्से एकै सिजनमा आरोहण गर्ने पहिलो बेलायती आरोही बनेर इतिहास रचेका थिए । त्यस्तै, सन् २०२१ मा उनले सगरमाथा आरोहण गरेको २९ घण्टाभित्रै ल्होत्से पनि आरोहण गरेका थिए ।

यस वर्षको वसन्तकालीन आरोहण सिजनमा अनुकूल मौसमका कारण सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूको संख्या उल्लेख्य रहेको छ ।