Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


सम्पति शुद्धीकरणको खोजीनीति (भिडियाे रिपोर्ट)


0
Shares

काठमाडाैं । अवैध सम्पत्ति आर्जन गर्नेहरुमाथि कारवाही नभएको भन्दै सम्पत्ति शुद्धीकरण हेर्ने अन्तराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिष्टमा परेको नेपाल उक्त सूचिबाट बाहिर निस्किने सुनिश्चित अझै हुन सकेको छैन ।

सहकारीको रकम अपचलनदेखि घरजग्गा र कतिपय व्यावसायमा समेत अवैध आर्जनको रकम लगानी हुने क्रम नरोकिएको भन्दै एफएटीएफले फेरि पनि नेपालमै आएर सचेत गराएको छ । नेपाल प्रहरीसहित नेपालका अनुसन्धान गर्ने निकायहरुले भने सम्पत्ति शुद्धीकरण र आर्थिक अपराधमा निर्मम बनिरहेको भन्दै एफएटीएफको टोलीलाई आश्वस्त पार्ने कोशिस गरेका छन् ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तिय लगानी सम्बन्धि निगरानी राख्ने एफएटीएफको एसिया प्यासेफिक क्षेत्रीय टोली एपीजीले नेपालमा अवैध सम्पत्ति तथा सम्पत्ति शुद्धीकरणमा भैरहेको कारवाहीबारे गम्भिर चासो राखेको छ । विषेश गरेर नेपालले अवैध आर्जन र सम्पत्तिलाई संरक्षण गरेर आतंकवादमा हुन सक्ने लगानीलाई रोक्ने प्रयास नगरेको भन्दै एफएटिएफको टोलीले अनुसन्धान गर्ने निकयाहरुसंग प्रगति विवरण लिएको हो ।

एक वर्ष देखि ग्रे लिष्टमा रहेको नेपालका लागि दुई वर्षका लागि सुधारको मौका दिए पछि सरकारले सम्पत्ति शुद्धकीरण मुद्धामा अनुसन्धान गर्ने निकायहरु बढाएको थियो । त्यस मध्य नेपाल प्रहरीले सबै भन्दा धेरै मुद्धा दायर गरेको छ । करिब ३ वर्षमा नेपाल प्रहरीले सम्पत्ति शुद्धकीरण सम्बन्धि २१ वटा मुद्धा दायर गरेको छ । कुनै अपराधमा संलग्न व्यक्तिले गैरकानुनी रुपमा आर्जित सम्पत्ति माथि पनि अनुसन्धान गरेको प्रहरीले ३३ जनालाई पक्राउ गरेर मुद्धा दायर गरेकोमा हाल सम्म दुइवटा मुद्धामा अदालतबाट अन्तिम फैसला आएको छ ।

दुई करोड ३० लाखको सम्पत्ति जफत गरिएको छ भने ४३ करोडको सम्पत्ती रोक्का राखिएको छ । अधिकांश हुण्डि , सट्टेवाजी , लागुऔषध कारोवारी , क्रिप्टो करेन्सि , मानव बेचविखन , सहकारी ठगी लगाएका कसुरमा पक्राउ परेकाहरु माथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भएको छ । उनीबाट ११ अर्ब रुपैयाँ बराबरको रकम अवैध देखिएको भन्दै असुल गर्न माग गरिएको छ ।

नेपाल प्रहरीले आगामी तिन वर्षका लागि ल्याएको रणनीतिक योजनामा पनि आर्थिक अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको छ ।