Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा


247
Shares

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्।

बिहीबार साँझ बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामा दिने घोषणा गरेका हुन्। प्रदेशसभामा आफ्नो धारणा राखेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्।

गत असार ३१ गते नेकपा एमालेले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाहले संविधानअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको थियो।

विश्वासको मत लिनुपर्ने संवैधानिक ३० दिने समयसीमा बिहीबार नै पूरा भएपछि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका हुन्।