काठमाडाैं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मर्यादित भएर आफ्ना गतिविधि गर्न सांसदहरुलाईं निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभाकाे साेमबार बसेकाे बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चासहित सरकारको विरोध गर्दै सभामुख आसन अगाडि वेलमा पुगेर मौन प्रदर्शन गरेपछि उहाँले यस्ताे निर्देशन दिनुभएकाे हाे । उहाँले त्यस्ता खालका गतिविधि संसदीय मर्यादाविपरित रहेकाले नगर्न सांसदहरुलाई सचेत गराउनुभयाे ।
उहाँले भन्नुभयो,-संसद कानून निर्माण गर्ने महत्वपूर्ण थलो हो । त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरु हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा रहेर विरोध गर्न म यहाँहरुलाई यो आदेशकै रुपमा लिइदिन जानकारी गराउँदछु ।’
अहिले पनि सोही पार्टीका सांसदहरुले घाटीमा सरकारको विरोधमा लेखिएको पर्चा झुन्ड्याएर बैठकमा सहभागी भएका छन् ।










प्रतिक्रिया दिनुहोस्