Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


घरायसी विवाद : चक्कु प्रहार गरी एक युवकको हत्या


1.4k
Shares

काठमाडाैं । काठमाडौंको थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ।

चन्द्रागिरी नगरपालिका–३ खरिबोट स्थित डेरामा बस्ने २० वर्षीय जाकिर मन्सुरीको हत्या अभियोगमा प्रहरीले ३८ वर्षीय समि अहमदलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार शनिबार राति भएको सामान्य विवादले उग्र रूप लिँदा अहमदले मन्सुरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीको मेडपोइन्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले आरोपित अहमदलाई नियन्त्रणमा लिएको थियो। हत्या गरिएका मन्सुरी र पक्राउ परेका अहमद दुवै महोत्तरी जिल्लाका स्थायी बासिन्दा हुन्।

प्रहरीले पक्राउ परेका अहमदमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।