Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


राप्रपा महाधिवेशनको मिति तयका लागि समिति गठन


0
Shares

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका निर्धारणका लागि समिति गठन गरेको छ ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार समितिलाई आगामी कार्यसमितिको बैठकमा पेश गर्ने गरी महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिइएको छ ।

यसैगरी बैठकले आगामी महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ ।

अध्यक्ष लिङ्देनले राप्रपा अब महाधिवेशनतर्फ उन्मुख भएको भन्दै निर्वाचनका कारण स्थगन गरिएका स्थानीय र जिल्ला अधिवेशनहरूलाई पनि निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभएको छ । पार्टीले आगामी दिनमा आफ्नो संगठन विस्तार र महाधिवेशनको तयारीलाई सँगसँगै लैजाने योजना बनाएको छ।