Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


इण्डोनेसियामा पहिरोमा परी ९ जनाको मृत्यु


0
Shares

एजेन्सी । इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा एक अवैध सुन खानी नजिकै गएको पहिरोमा परी नौ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीले शुक्रवार दिएको जानकारीअनुसार बिहीवार राति सिजुन्जुङ रेजेन्सीस्थित एक भिर खस्दा उक्त दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीहरूकाअनुसार खानी क्षेत्र नजिकैको भीरमा पहिरो जाँदा त्यहाँ कार्यरत थुप्रै कामदारहरू भग्नावशेषमा पुरिएका थिए । स्थानीय स्रोतकाअनुसार मृतकहरूको शव उनीहरूका परिवार र नजिकैका बासिन्दाहरूले निकालेर अन्त्येष्टि गरिसकेका छन् ।

इण्डोनेसियामा विशेष गरी वर्षायाममा यस्ता खानी दुर्घटनाहरू बारम्बार हुने गरेका छन् । भारी वर्षाका कारण जमिन कमजोर भई पहिरो जाँदा खानीमा काम गर्ने मजदुरहरू उच्च जोखिममा पर्ने गरेका छन् ।