Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


अर्घाखाँची बस दुर्घटना अपडेट : मृतककाे संख्या ४ पुग्याे, ३ जनाको सनाखत


0
Shares

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी–८ पालीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जानकारी दिनुभयो ।

मृतक मध्ये पोखरा १९ कास्की निवासी ७८ वर्षीय रोममाया बस्नेत, पर्वत मोदी ५कि अन्दाजी ५० वर्षीय बिन्दु कुवर,सोही ठाउँ कि ५० वर्षीय कोशिला रेग्मी को मृत्यु भएको बताएको छ।

मृतक मध्ये १ जनाको परिचय खुल्न बाकी रहेको उहाँको भनाइ छ। अर्घाखाँची अस्पताल सन्धिखर्कमाका निमित्त प्रमुख डक्टर खगेन्द्र आचार्यका अनुसार यस्तै घाइते हुनेमा पर्वत जिल्ला मोदी ५ का दिपा पौडेल, विष्णु केसी, देवबहादुर क्षेत्री सुन्तली कुँवर, उमा पौडेललाई थप उपचारको लागि भैरहवा रेफर गरिएको छ । यस्तै पर्वत को मोदी५की राधिकाको अवस्था सामन्य रहेको र अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

१२ जनालाई उपचारको लागि पाल्पा रिफर गरिएको छ भने अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको बताएको छ ।बसमा २९ जना यात्रु थिए ।बस ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ ।बस सडक देखि करिव १सय४०मिटर तल खसेको हो।