Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


सुनकाे मूल्यमा ओरालाे यात्रा कायमै


26
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

आइतबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको मूल्य सोमबार चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार तीन सय रूपैयाँमा कारोबार भएको थियाे । चाँदी सोमबार तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार ६ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।