काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेकाे छ ।
वेष्ट ह्यामको मैदानमा आइतबार राति भएको लण्डन डर्बीमा आर्सनललाई विजयी गराउन खेलको ८३ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोल निर्णायक भएकाे हाे । खेलको इन्जुरी समयको अन्तिमतिर वेस्ट ह्यामले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीले रद्ध गरेपछि आर्सनल विजयी बनेको छ ।
याे जितसँगै ३६ खेलबाट ७९ अंक जोडेको आर्सनल प्रिमियर लिगको उपाधि नजिकक पुगेको हाे । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा छ । आर्सनलले अब बाँकी रहेका दुवै खेल जितेमा उपाधि निश्चित गर्ने भएकाे हाे । ।










प्रतिक्रिया दिनुहोस्