काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उपसभामुखको भूमिका र निर्णय प्रक्रियामा पार्टीको कुनैपनि संलग्नता वा निर्देशन नरहने स्पष्ट पार्नुभएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले यस्ताे स्पष्ट पार्नुभएको हाे । उपसभामुख पदमा निर्वाचित भएपछि सम्बन्धित व्यक्ति दलको सदस्य नरहने र तटस्थ भूमिकामा रहने संवैधानिक व्यवस्थाको स्मरण गराउनुभयाे । अध्यक्ष राईले उपसभामुख रुवी कुमारी ठमकुरले शपथ ग्रहण गर्नुभन्दा दुई घण्टा अगाडि नै पार्टीबाट राजीनामा दिइसकेको बताउनुभएकाे छ ।
श्रम संस्कृति पार्टीले ‘दोहोरो चरित्र’ देखाएको भनी बाहिर भइरहेको चर्चाको खण्डन गर्दै उहाँले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध गर्ने र फेरि सोही प्रक्रियाबाट अघि सारिएका प्रधानन्यायाधीशका उम्मेदवारलाई उपसभामुखले समर्थन गर्ने विषयमा पार्टीलाई जोड्नु गलत भएको तर्क गर्नुभयो ।
अध्यक्ष राईले उपसभामुखको मतदान गर्ने अधिकार उहाँको व्यक्तिगत र पदिय स्वतन्त्रताको विषय भएको भन्दै यसलाई पार्टीको नीतिसँग जोडेर नहेर्न समेत आग्रह गर्नुभएकाे छ ।










प्रतिक्रिया दिनुहोस्