Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध


442
Shares

दमौली ।

आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।

सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।