Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


काठमाडौंका दुई हजार ६८७ घरमा चल्यो डोजर, १५ हजार विस्थापित


0
Shares

काठमाडाैं ।
काठमाडौं उपत्यकाका १९ वटा सुकुम्बासी बस्ती खाली गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणअनुसार बस्ती हटाउने अभियानका क्रममा २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो ।

प्रशासनका अनुसार हटाइएका संरचनामध्ये ८९० पक्की र १ हजार ७९७ कच्ची घरटहरा रहेका छन् ।

बस्ती हटाउने अभियानबाट कुल १५ हजार ३१६ जना विस्थापित भएका छन् । विस्थापितमध्ये ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका रहेका प्रशासनको तथ्यांकमा उल्लेख छ ।

प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न स्थानमा फैलिएका सुकुम्बासी बस्ती हटाउने कार्य चरणबद्ध रूपमा सञ्चालन गरिएको हो ।